चीनका राष्ट्रपतिको नेपाल भ्रमण कहिले ?
आजको खबर | प्रकाशित : २०७५ असार १३ गते ५:१७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताएको जानकारी गराए। चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार विहान स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीमाझ चीनका राष्ट्रपति सिको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सिको नेपाल भ्रमणको मिति दुवै मुलुकको सुविधालाई हेरेर तय हुने जनाए। चीनका राष्ट्रपति सिले प्रधानमन्त्री ओलीसँग आफू नेपाल भ्रमणमा आउने बताएका थिए।
२०७५ असार १३ गते ५:१७ मा प्रकाशित