फ्रान्स र डेनमार्क नकआउट चरणमा, पेरु र अष्ट्रेलिया बाहिरिए

आजको खबर   |    प्रकाशित : २०७५ असार १३ गते ५:१०

काठमाडौं । विश्वकप फुटबलको ग्रुप सी अन्तर्गतको अन्तिम खेलमा फ्रान्स र डेनमार्कले गोल रहित बराबरी खेलेका छन् । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बरारीमै टुंगीएको हो ।

बराबरी खेलेसँगै दुवै टोली एक–एक अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेका छन् । फ्रान्स ७ अंक सहित ग्रुप लिडर बन्योभने ५ अंक सहित डेनमार्क उप विजेता बन्यो । यसैगरी ग्रुप सीमा पेरु तेस्रो स्थानमा आउन सफल रह्यो ।

पेरुले आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गरेको हो । पेरुले समुहमा ३ अंक बनाउदा अष्ट्रेलिया एक अंक सहित अन्तिम स्थानमा रह्यो । अन्तिम खेलसँगै फ्रान्स र डेनमार्क अन्तिम चरणमापुग्दा पेरु र अष्ट्रेलिया विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।

२०७५ असार १३ गते ५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर