भूगोल र जानसंख्यालाई आधार बनाएर बजेट विनियोजन गरिएको दाबी

आजको खबर   |    प्रकाशित : २०७५ असार २५ गते ८:०२

काठमाडौं। अर्थमन्त्री डा। युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गरेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरि सन्तुलित ढंगले बजेट आएको दाबी गरेका हुन्।

उनले भूगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह पनि गरे। उनले बजेटले संघियतालाई आत्मसाथ गरेको दाबी गरे। सीमित साधनलाई असीमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भएपनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मूल्यांकन गर्नुपर्ने तर्क उनले गरे।

उनले संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताए। उनले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको बताए। राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए।

अर्थमन्त्री खतिवडाले थिङ ट्याङ्क खास प्रयोजनका लागि सरकारले बनाउने भएको त्यसको अन्य क्षेत्रमा असर नपुग्ने दाबी गरे।
चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उनले चौमासिक बजेट पठाउन ढिलाई नभएको दाबी गरे।
उनले व्याजदरका सम्बन्धमा भने केन्द्रीय बैकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने बताए।

उनले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकारसँग छलफल भइरहेको जानकारी दिए। विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकारसँग नयाँ ढंगले छलफल अघि बढाइएको उनले स्पष्ट पारे।

२०७५ असार २५ गते ८:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर