पर्यटकलाई लोभ्याउन भन्दै लेबनानका महिला प्रहरीले गरे यस्तो

आजको खबर   |    प्रकाशित : २०७५ असार २५ गते ९:३७

रोचक। लेबनानको ब्रमाना शहरमा पछिल्लो समय महिला ट्राफिक प्रहरीको पहिरनलाई लिएर निकै हल्लाहल्ला भएको छ । शहरका मेयर पियरे एचकरले गर्मीमा पश्चिमी पर्यटकलाई आकर्षित गर्नको लागि महिला प्रहरीको युनिफर्म बदलिदिएका छन् ।

नयाँ युनिफर्मको रुपमा अब महिलाहरुले मिनि शर्ट र रातो क्याप लगाउनुपर्नेछ । मेयरका अनुसार देशको छवि सुधार गर्ने र विदेशी रेभेन्यु बढाउनको लागि यो कदम उठाइएको हो । यद्यपि सामाजिक संजालमा भने केहीले यसमा आपत्ति जनाएका छन् । सामाजिक संजालमा मेयरको यो सोचाइको आलोचना भइरहेको छ ।

मानिसहरुले भनेका छन् मेयरले पर्यटक आकर्षित गर्न गलत तरिका रोजेका छन् । तर महिला प्रहरीले भने आफूहरुलाई यो परिवर्तन मन परेको बताएका छन् ।

२०७५ असार २५ गते ९:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर