एउटा शरीरलाई कन्ट्रोल गर्छन २ दिमाग, जुम्ल्याहा दिदीबहिनीले पाए यस्तो काम
आजको खबर | प्रकाशित : २०७५ असार २५ गते १२:०२

एजेन्सी। एकैै शरीरमा दुई वटा टाउको भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ ? तर अमेरिकामा यस्तै शरीर भएका दुई दिदीबहिनी पनि छन्। एबी र ब्रीटानी, यी दुई जुम्ल्याहा दिदीबहिनी हुन्। उनीहरु विगत २८ वर्षदेखि एकअर्काका साथ जोडिएका छन्। उनीहरु दुईले अब नयाँ कामको थालनी गर्ने भएका छन्।
दुवैलाई शिक्षकको काम मिलेको हो। उनीहरुले केहीसमयअघि उक्त कामका लागि अन्तरवार्ता दिएका थिए। जसमा उनीहरु अब्बल ठहरिदै छानिए। उनीहरुले अब प्राथमिक तह सम्मका विद्यार्थीलाई पढाउनेछन्।
२०७५ असार २५ गते १२:०२ मा प्रकाशित