यस्तो बन्यो चलचित्र ‘कहीँ कतै’को ट्रेलर (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते ६:२६

काठमाण्डौं । श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतका कलाकारलाई समेटिएको छ ।

ट्रेलरले चलचित्र केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको प्रष्ट पारेको छ । नायक रायमाझीका आँखामा आँशु छचल्किएको छ । सोनम र सिवानीको प्रेमकथासँगै पीडा पनि ट्रेलरमा पाईन्छ ।

सिवानी र सोनमले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव–नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको सङ्गीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन रहेको छ ।

सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई काठमाण्डौं उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।

२०७५ असार २६ गते ६:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर