बसले किचेर पैदलयात्रुको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ असार २६ गते ६:३७

तुलसीपुर, दाङ । ना ५ख ५७६८ नम्बरकोबसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।
उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ ।
२०७५ असार २६ गते ६:३७ मा प्रकाशित