डा केसीको माग हुबहु सम्बोधन हुँदैन : देव गुरुङ

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते १२:३०

नगरकोट । नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाएका माग हुबहु सम्बोधन नहुने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भनेजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताए ।

चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचार सरकारले काठमाडौँ ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उनको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको गुरुङको भनाइ थियो ।

जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहेता पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएकाले निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएकोे उनले विचार व्यक्त गरे।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सृजना भएको उनले बताए।

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नभएको कारण छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए।

उनले सरकारले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फबाट समेत इन्धन खरीदको प्रक्रिया अघि बढाउनुपर्नेमा उनको जोड थियो ।रासस

२०७५ असार २६ गते १२:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर