नेपाली कविताको ‘काव्य यात्रा’ बेलायतमा

आजको खबर   |    प्रकाशित : २०७५ असार २७ गते १०:२८

लन्डन । नेपाली कविताले बेलायतका विभिन्न सहरमा यात्रा गर्ने क्रममा ब्राक्नेल सहर पुगेर भव्य कार्यक्रम सम्पन्न गरेको छ।

समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न‘काव्य यात्रा’को दोस्रो श्रृंखलामा कविता सुनाएका छन्। कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले नेपाली डायोस्पोराका दोस्रो पुस्तामा समेत नेपाली भाषा र साहित्य पुर्याउन यस्ता काव्य यात्राले सहयोग पुग्ने बताए । काव्य यात्राको तेस्रो श्रृंखला बेलायतको अर्को सहरमा चाँडै आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको संग्रह प्रकाशनमा ल्याइने कुरा उनले बताए।

प्रतिष्ठानका सचिव विजय सापकोटाले संस्थाको भावि योजनाका बारेमा प्रकाश पार्दै साहित्य सम्बन्धी अनुभव र शिप नेपाली समुदायमा बाँड्न प्रतिष्ठान तयार रहेको बताए। दोस्रो काव्य यात्राका संयोजक विनोद अधिकारीले साहित्यका माध्यमले बेलायतका विभिन्न सहरमा रहनु हुने नेपाली साहित्यप्रेमीहरु एकै ठाउँमा भेला हुन पाउनु हर्षको कुरा भएको बताए।

उक्त कार्यक्रममा लन्डन, रेडिङ र ब्राक्नेल सहरबाट आएका कविहरु विनोद अधिकारी, विद्या पहारी सापकोटा, लक्ष्मी पौडेल, ओमकार अधिकारी, निर्मला न्यौपाने, संजु बजगाईं, अभियान घिमिरे, एलेक्स सापकोटा, शुभ अधिकारी, सुयश बजगाईं, पोमलाल सापकोटा, विशाल पहारी, अंजु आचार्य, विजय सापकोटा र कृष्ण बजगाईंले कविता र मुक्तक वाचन गरेका थिए।

उक्त काव्य यात्राको कार्यक्रमस्थल र खाजा ब्राक्नेलमा अवस्थित शाही इन्डियन रेष्टुरेण्टले उपलब्ध गराएको थियो ।

२०७५ असार २७ गते १०:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

2 thoughts on “नेपाली कविताको ‘काव्य यात्रा’ बेलायतमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर