क्रोएसियाका गोल किपर ‘गोल्डेन ग्लोब’का हकदार

आजको खबर   |    प्रकाशित : २०७५ असार २८ गते ८:५३

काठमाडौँ । यतिबेला निकै चर्चामा छन् पहिलो पटक फाइनलमा पुगेको टोली क्रोएसियाका गोल किपर ड्यानिजेल सुबासिक।

आफ्नो टोलीलाई फाइनलमा पुर्याउन उनले जुन प्रदर्शन गरेका छन् त्यसले विश्वभर चर्चा पाएको छ। समूह चरणको खेलमा विश्वकप उपाधिको दावेदार मानिएको टोली अर्जेन्टिनालाई पराजित गर्दादेखि सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउदासम्म उनकै निकै उत्कृष्ट प्रदर्शन गरे।

उनले गएराति भएको सेमिफाइनलको खेलमा इंग्ल्याण्डलाई पराजित गर्नमा पनि महत्वपूर्ण भूमिका निभाए। उनले सुरुवाती अग्रता लिएको इंग्ल्याण्डलाई अन्तसम्म गोल गर्न दिएनन्। अन्ततः उनले टिमलाई फाइनलमा पुर्याए।

समूह चरणको खेलमा विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेस्सीलाई रोकेर निकै प्रसंसा बटुलेका सुबासिक अब टिमलाई च्याम्पियन बनाउने दाउमा छन्। अब क्रोएसियाले फाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्भा गर्ने छ। बलियो टोली मानिएको फ्रान्सलाई पराजित गर्न सके क्रोएसिया विश्वकप २०१८ को च्याम्पियन बन्ने छ। यसमा जति खेलाडीको महत्वपूर्ण भूमिका हुन्छ त्यति नै गोल किपरको प्रदर्शनमा भर पर्छ। त्यसैले फ्रान्सका बलिया स्टारलाई पनि गोल गर्न रोके सुबासिक विश्वकै उत्कृष्ट गोलकिपर कहलिनेछन्।

सुबासिकले यसअघि समूह चरणको खेलमा विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीको गोललाई रोक्न सफल भए भने क्वाटर फाइनलको खेलमा रसियाका फेडोरे स्मोलोभले पेनाल्टी सुटआउटमा प्रहार गरेको गोल रोकेर टिमलाई सेमिफाइनलसम्म पुर्याएका थिए।

त्यस्तै उनले प्री क्वाटरफाइनलको खेलमा पनि उनले डेनमार्कका ३ खेलाडी (साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसन) ले प्रहार गरेको पेनाल्टी रोक्न सफल भएका थिए। सुबासिसको उत्कृष्ट प्रदर्शनले गर्दा सन् १९९० मा अर्जेन्टिनापछि एउटै विश्वकपमा दुई वटा पेनाल्टी सुटआउटमा विजयी हुने क्रोएसिया पहिलो टिम बन्न सफल भयो।

यो सँगै सुबासिक उत्कृष्ट गोलकिपरलाई प्रदान गरिने गोल्डेन ग्लोबका प्रमुख दाबेदार समेत भनेका छन्। क्वाटरफाइनलको खेलमा स्वास्थ्यमा समस्या देखिएपछि उनले मैदान छोड्ने धेरैको आशंका थियो। तर उनले त्यसो गरेनन्। टिमलाई जिताउनका लागि उनले अन्तिम समयसम्म संघर्ष गरेका थिए।

उनले यो विषयमा कुरा गर्दै भनेका छन्, मलाई मेरो मांसपेशी दुखेको महसुस भयो। मेरो फिजियोथेरेपिस्टले मेरो खुट्टा मसाज गरिदिए र मैले खेल्न सक्ने देखे। पछि फेरी मेरा मांसपेशी दुख्न थाले। तर म खेल छोड्न चाहन्नथें।

फ्रान्समा सन् १९९८ मा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको क्रोएसिया आयोजकसँग २-१ ले पराजित भएको थियो। त्यसपछिका विश्वकपहरुमा क्रोएसियाले समूह चरण पनि पार गर्न सकेको थिएन।

गएराति इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

२०७५ असार २८ गते ८:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर