ट्राफिक नियम उल्लघंन बढेपछि पृथ्वीमा झरे ‘यमराज’

आजको खबर   |    प्रकाशित : २०७५ असार २८ गते ११:१७

एजेन्सी। भारतमा सवारी नियम उल्लघंनका घटना बढिरहेका छन्। ट्राफिक प्रहरीले दण्ड जरिवाना गरेपनि ट्राफिक नियम उल्लघंनका घटनामा कमी आएको छैन्।

ट्राफिक नियम उल्लघंन गर्नेमा युवा बर्ग अगाडि देखिएको छ। के गर्दा ट्राफिक नियम उल्लघंनका घटनामा कमी आउँछरु यस्तोमा मृत्युका देवता ‘यमराज’ नै पृथ्वी लोकमा आएर ट्राफिक नियम पालना गर्न सम्झाएमात्र हामी सबैका आँखा खुल्छन की !

तपाइँ सोचिरहनु भएको होला यो कसरी संभव हुन्छरु आज हामी तपाइँलाई यस बारेमा जानकारी दिँदैछौं। भारतको कर्नाटकको टाउन हलमा ‘यमराज’ को रुप धारण गरेर एक व्यक्ति आए र सबैलाई ट्राफिक नियमका विषयमा जानकारी दिन थाले। उनले यदि कसैले ट्राफिक नियम पालना नगरे दण्ड दिने चेतावनी पनि दिए।

भारतीय संचारमाध्यमका अनुसार हलासुरु गेट यातायात प्रहरीले मानिसमा यातायात नियमको चेतना फैलाउनकालागि ‘यमराज’ लाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ।

उनीहरुले हेलमेट नगलाइ बाइक चलाउनु कति खतरनाक हुन्छ भनेर सम्झाउनलाई यस्तो उपाय अपनाइएको हो। बेंगलुरुमा जुलाईलाई सडक सुरक्षा महिनाका रुपमा मनाइन्छ। यातायात नियमका विषयमा जानरुकता फैलाउनकालागि यहाँको प्रहरीले ‘यम’ को भूमिकालाई सडकमा उतारेको हो।

२०७५ असार २८ गते ११:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर