जुम्लामा घर आगलागी : ३ वर्षीया बालिकाको जलेर मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १० गते २:१९

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका २ कुमाइवडामा आगलागी भएको छ । घरमा लागेको सो आगलागीबाट स्थानीय ३ वर्षीया बालिका कृष्ण कुमाइको जलेर मृत्यु भएको छ ।
उक्त आगलागीबाट भएको अन्य क्षतिको विवरण आइसकेको छैन भने के कारणले आगो लागेको हो यसबारे पनि केही खुलेको छैन ।
गर्मीयाम सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा लाग्ने आगोले ठूलो धनजनको क्षति हुने गरेको छ । विशेषगरी तराई क्षेत्रमा धेरै आगलागी हुने गरेको छ ।
२०७५ साउन १० गते २:१९ मा प्रकाशित