नेपाल आइतबार त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गर्दै

आजको खबर   |    प्रकाशित : २०७५ साउन १२ गते १६:१३

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र एमसीसीबीच हुने टि–ट्वान्टी त्रिकोणात्मक श्रृंखला आइतबार लण्डनको लर्ड्स मैदानमा हुँदैछ । त्रिकोणात्मक श्रृंखला तथा नेदरल्याण्ड्सबीच अगस्ट १ र ३ तारिखमा हुने एक दिवसिय क्रिकेट खेल्न नेपाल यसअघिनै युरोप भ्रमणमा छ ।

आइतबार त्रिकोणात्मक श्रृंखलामा ३ टोलीले सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । जस अन्तर्गत पहिलो खेलमा एमसीसी र नेदरल्याण्ड्सले नेपाली समयअनुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो खेलमा एमसीसी र नेपालबीच साँझ ६ बजे खेल हुनेछ । अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समयअनुसार राति सवा १० सुरु हुनेछ । नेपाल र नेदरल्याण्ड्स भर्खरै एक दिवसीय मान्यता पाएका टोली हुन् ।

त्रिकोणात्मक प्रतिस्पर्धाले दुवैको क्षमताको मापन गर्नेछ । नेपालले अहिलेसम्म लर्ड्स मैदानमा खेल हारेको रेकर्ड छैन । यसअघि नेपालले सन् २०१६ मा मेरिलिबोन क्रिकेट क्लव एमसीसीसँग टि–ट्वान्टी खेलेको थियो l

नेपालले एमसीसीलाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो l त्रिकोणात्मक प्रतिस्पर्धापछि नयाँ एक दिवसीय मान्यता पाएको टोली नेपाल र नेदरल्याण्ड्सले पहिलो पटक एक दिवसीय प्रतिस्पर्धा गर्नेछन् ।

खेल अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यसै खेलपछि नेपाली राष्ट्रिय टोलीका सदस्य शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् ।

यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले टोलीमा छन् ।

२०७५ साउन १२ गते १६:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर