किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ! यस्तो छ धार्मिक र वैज्ञानिक कारण
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १:५३

काठमाडौँ । आधुनिक जीवनशैलीसंगै प्रेमविवाह गर्ने प्रचलन बढिरहेको छ । प्रेम विवाह गर्ने युवा-युवती एक-अर्काको थरसंग परिचित हुन्छन्, तर उनीहरुलाई गोत्रबारे ज्ञान हुँदैन ।
नेपाली समाजमा विशेष गरि ब्राहमण र क्षेत्री समुदायमा थर फरक भएतापनि उही गोत्रमा विवाह गर्नु बर्जित मानिन्छ । उही गोत्र हुने सम्बन्धलाई हाड-नाता जस्तै सम्बन्धको रुपमा लिइन्छ। त्यसैले धेरै प्रेम सम्बन्धहरुलाई गोत्रले समस्यामा पार्ने गर्छ ।
किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ?
हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा वैवाहिक सम्बन्ध दिगो र राम्रो नहुने, श्रीमान वा श्रीमती मध्ये एकलाई अप्ठ्यारो आउने अथवा उनीहरुको परिवारमा नराम्रो घटना घट्ने हुनसक्छ।
त्यस्तै, यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट बच्चा जन्मिने सम्भावना कम हुने र जन्मीएपनि बच्चामा पनि विभिन्न किसिमका अवगुणहरु, अस्वस्थता आउन सक्छ।
वैज्ञानिक कारणबाट हेर्दा, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ।
अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता हुन्छ। सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन सक्छन्।