के तपाईको कपाल झर्ने समस्या छ ? सावधान, यो रोगको संकेत हुन सक्छ !
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १:५८

एजेन्सी । कपाल झर्ने समस्या आम मानिसमा देखिने गर्दछ। यो समस्या लामो समयसम्म देखियो भने कुनै न कुनै बिरामीको संकेत हुनसक्छ। दिल्लीको श्री गंगारामअस्पतालका हेयर ट्रान्सप्लान्ट सर्जर डा रोहितका अनुसार यी मध्ये कुनै विरामी लामो समयपछि सिरियस पनि हुनसक्छ। यदी सही समयमा यसको पहिचान गरी उपचार नगर्दा बिरामीको खतरा बढ्ने उनको भनाइ छ।
यसरी गर्नुहोस् कपाल झर्ने समस्याबाट रोगको पहिचान :
कपालमा रुखोपना आउनु
यदी लामो समयसम्म तपाईको कपालमा रुखोपना आउने समस्या हाइपरथाइरायडिज्मको संकेत हो। यस्ता बिरामीमा थाइरायड ग्याड ज्यादा एक्टिव हुने गर्दछ। यसका कारण अचानक कपाल झर्ने समस्या देखिन थाल्छ।
कपालको गुच्छै झर्नु
यदी हरेक दिन तपाईको कपालको गुच्छा झर्न थाल्यो भने तपाईमा डायबिटिज वा अलोपेसिया अरेटा नामक बिरामीको संकेत देखिन थाल्छ। अलोपेसिया अरेटा यस्तो रोग हो, जसका कारण बिरामीको तिब्र रुपमा कपाल झर्न थाल्दछ।
कपालमा चायाँको समस्या
कपालमा तिब्र रुपमा चायाँको समस्या देखियो भने सेबोरेहिक डार्मेटाइटिस नामक बिरामीको संकेत हुन सक्छ। यस्ता बिरामीमा बढी इन्फेक्सन देखिने गर्दछ। यो समस्या भएका व्यक्तिमा तिब्र रुपमा कपाल झर्ने तथा छालामा रातो दाग जस्ता समस्या हुन थाल्दछ।
कपाल पातलो हुनु
यदी तपाईमा कपाल पातलो हुने समस्या देखियो भने यो प्रोटिनको कमीको संकेत हो। प्रोटिनको कमिका कारण पनि तपाईको कपाल पातलो हुने तथा झर्ने समया हुन सक्दछ।
कपालमा हाँगा आउनु
यदी तपाईको कपालमा हाँगा आउने ससमस्या देखियो भने सम्झनुहोस् यो ड्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक बिरामीको संकेत हो। जसका कारण तपाईको कपालमा ज्यादा हाँगा आउने, तथा टुक्रिने समस्या देखिने गर्दछ।