साउने सोमबारको ब्रत बस्दै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते २:०३

काठमाडौँ । खानेकुरा सेवन नगर्नु र भोकै बस्नु मात्र ब्रत एवं उपवास होइन । यो एउटा साधना हो, जसलाई विधीपूर्वक सम्पन्न गर्नुपर्छ । ब्रत एवं उपवास शरीर तथा मन शुद्ध हुनुपर्छ । ब्रतको महत्व बुझेर त्यसलाई विधीपूर्वक सम्पन्न गर्दा नै लाभ मिल्ने हो।

कस्तो सावधानी अपनाउने
केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस्। अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ। त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ।

त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन।

विहानको समयमा तपाई दूधको साथमा कुनै पनि फलफुलको सेवन गर्न सक्नुहुन्छ । त्यसबाहेक दूधको साथमा भिजाएको बदाम खानसक्नुहुन्छ।

दिउँसोको समयमा सावुदाना, सेवाईको प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै, आलुको परिकार, रोटी तथा पुरी समेत खान सक्नुहुन्छ।

त्यस्तै, साँझको समयमा ग्रीन टी, तथा मेवालाई तपाई आफ्नो खानामा संलग्न गर्न सक्नुहुन्छ । त्यसबाहेक, चियासित मखाना, काजु पनि सेवन गर्नु सक्नुहुन्छ । यसले तपाईको शरीरमा तागत प्रदान गर्दछ ।

ब्रतत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ। यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ। त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गरौँ।

त्यस्तै, मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ ।

त्यस्तै, व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौँँ। बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ।

यी रोग भएकाहरुले ब्रत नबसौ

· मधुमेह तथा उच्च रक्तचाप रहाइपरटेण्सन भएका व्यक्तिले

· भर्खर अपरेशन गरेकाहरुले

· रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

· मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

· गर्भवती महिला

२०७५ साउन १३ गते २:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर