भीरबाट खसेर महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते ४:०२

सुर्खेत । सुर्खेतमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने एक बालक मृत अवस्थामा फेला परेका छन् ।लेकबेसी नगरपालिका–६ की हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भीरबाट खसेर मृत्यु भएको हो ।

भीरबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ।

२०७५ साउन १३ गते ४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर