१ अर्ब नोक्सान गराउने कुकुरलाई समात्नेलाई ८० लाख इनाम

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते १२:५३

रोचक। कोलम्बिया विश्वमा ड्रग तस्करीको लागि अखाडा मानिन्छ। यहाँ ड्रग तस्किरीले वर्षौ देखि जडा गाडेको छ। ड्रग तस्करबाट हैरान भएको यहाँको प्रहरीले अहिले एउटा नयाँ तरिका अपनाएको छ। त्यो के भने ड्रग तस्करलाई नियन्त्रण गर्न सोंब्रा नाम को एउटा कुकरलाई परिचालन गरिएको छ। यो कुकरले २ वर्ष मा १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको ड्रग समाउन मद्धत गरेको छ। अनि यो विशेष कुकरबाट हैरान भएका तस्करहरुले यो कुकर जिउँदो वा मृत बुझाउनेलाई ८० लाख रुपैयाँको इनाम राखेको छ। तस्करका अनुसार सोब्रालाई जिउदो वा मृत ल्याउने मानिसलाई ८० लाख रुपैयाँ दिइने छ।

केलम्बिया प्रहरीले यो कुकरको बारेमा ट्वीट गर्दै मानिसहरुलाई जानकारी गराएको छ। जर्मन शेफर्ड सोब्रा २ वर्ष देखि कोलम्बिया प्रहरी विभागमा काम दर्गै आएको छ। रिपोर्ट अनुसार यो कुकुरको सहाताले अहिले सम्म यहाँको प्रहरीले २४५अपराधिहरुलाई नियन्त्रणमा लिन सफल भएको छ।

पहिलो पटक सोब्राले सन २०१६ को मार्च महिनामा पहिलो केस समाधान गर्न सफल भएको थियो। त्यसबेला यसले आफ्नो विशेष सुँघने क्षमताको आधारमा केराको बाकसमा लुकाएर राखेको २९५८किलो कोकिन समात्न सहयोग गरेको थियो। यो बाकसलाई बेल्जियम तस्किरी गरिदै थियो।

यस पछि सोब्राले मे महिनामा बेल्जियम पठाइदै गरेको १.१ टन कोकीन समातेको थियो। सोब्रा बुलेटप्रुफ गाडीमा यात्रा गर्छ।

यसको सुरक्षामा २ जना विशेष बंन्दुकधारीहरु पनि हुन्छन्। यसलाई एयरपोर्टमा खटाइएको छ। पीक आवरमा करिव ५घण्टाका लागि यसलाई डिउटीमा राखिन्छ। सोब्रासँगै कामगर्ने प्रहरीहरुका अनुसार यो अरु कुकुरहरुभन्दा तीक्ष्ण बुद्धीको छ। यसको उमेर करिब ६ वर्षको छ।

२०७५ साउन १३ गते १२:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर