चलचित्र ‘जय शम्भु’को ट्रेलर रिलिज

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते १३:०५

अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर फिल्म ‘जय शम्भु’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देख्न सकिन्छ ।

२ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । रुपेश तामाङ निर्देशित यो फिल्म काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको हो ।

लभस्टोरी एक्सन जनरामा निर्मित उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।

२०७५ साउन १३ गते १३:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर