कतारमा आदिवासी जनजाति महासंघको रक्तदान कार्यक्रम सम्पन्न
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १४:१२

कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापना दिवसको अवसर पर्दै दोहा स्थित हमाद हस्पिटल रक्तदान केन्द्रमा रक्तदान कार्यक्रम २७ जुलाई २०१८ शुक्रवारका दिन सञ्चालन गरेको थियो ।
कार्यक्रममा महासंघ कतारमा आबद्ध ११ वटा जातीय संस्थाहरु क्रमश : नेपाल मगर सघं, शाखा कतार, किराँत याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार, किराँत राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज, शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवापुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतारबाट रक्तदाताहरुको उपस्थिति रहेको थियो।
महासंघ कतारको आह्वानमा कतारमा स्थापित अन्य संघ–संस्थाहरुको समेत उपस्थिति रहेको थियो। साथै रक्तदानमा सरिक पनि भएको नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव शिवकुमार भुजेलले जानकारी दिए।
६५ भन्दा माथिको संख्यामा ईच्छुक दाताहरु भएता पनि ५७ जनाले भने सफल रक्तदान गरेका थिए । आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईले कार्यक्रममा उपस्थित भातृ संस्था लगायत कतारमा स्थापित अन्य संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।