पहिरोका कारण बिहानदेखि अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड सुचारु
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १४:३३

बुटवल । अविरल वर्षाले पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडक खण्ड सञ्चालनमा आएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध सडक भरखरै सञ्चालनमा आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल जनाएको छ।
सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन अहिले सञ्चालनमा आएका छन्।
२०७५ साउन १३ गते १४:३३ मा प्रकाशित