‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १४:४७

तीन यूवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशकले केहि पृथक बिषयमा काम गरेको र दर्शकहरु हलसम्म आउनेमा ढुक्क रहेको बताए । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।