गैरसरकारी संस्थालाई संयुक्त रुपमा परिचालन गर्न नेपाल र चीन सहमत

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १२:४१

काठमाडौं। नेपाल र चीनबीच गैर सरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ। समाज कल्याण परिषद र चीनको चाईना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ याजुनको उपस्थितिमा काठमाडौंमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली भट्ट र चीनको सिएनआईका सदस्य सचिव झू रुईले गरेको तीन वर्षे समझदारी पत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।

३ वर्षे समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानुन अनुरुप संचालन गर्ने पनि स्पष्ट पारिएको छ। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताइन्।

उनले चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको पनि खुलेर प्रशंशा गरिन्। मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि नेपालमा चिनिया सहायता बढेर गएको उल्लख गरिन्।समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।

२०७५ साउन १४ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर