सालीको प्रेममा पागल भएका भिनाजुले ससुराल पुगेर गरे यस्तो काण्ड

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १३:४१

एजेन्सी । साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्याइरहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइदिएका छन्।

यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो । जब परिवारले यसबारे थाहा पाए त्यतिबेलासम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् ।

राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनीबीचको सम्बन्धको विरोध चर्को रुपमा गरिन् । पत्नीको यो विरोध राजेश र उनकी सालीले सहनै सकेनन्। त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृत थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आत्महत्या गरेका थिए ।

२०७५ साउन १४ गते १३:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर