चीनले दियो काठमाडौँ महानगरलाई दुई वटा ब्रुमर

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १३:५१

काठमाडौँ । वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ।

चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो। नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा यहाँ भएको तीनवर्षे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उक्त साँचो प्रदान गरिएको हो।

सहमतिपत्रमा नेपालका तर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनका तर्फबाट चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका छन्। सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ्लगायत उच्च अधिकारी तथा चीनका गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो।

छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो मापदण्ड ४ का हुन्। बु्रमरको लम्बाइ आठ दशमलव छ मिटर र चौडाइ तीन दशमलव पाँच मिटरको छ। १५ दशमलव आठ मेट्रिक टन तौल भएका उक्त बु्रमर डिजेलले चल्ने बताइएको छ।

धुलो पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने उक्त बु्रमरको सात घनमिटर धुलो संकलन र सात घनमिटर पानी बोक्ने क्षमता छ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने छ। ९८ किमी प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रतिघण्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेको वसन्तुपरको नौतले दरबार पुनःनिर्माणमा चीन सरकारले काम गरिरहेको छ। आजभन्दा ४५ वर्ष अगाडि चीन सरकारले निर्माण गरिदिएको चक्रपथ अहिले पनि चीन सरकारले नै विस्तार गरिरहेको छ।

गत वर्ष काठमाडौँ महानगरमा जनप्रतिनिधि आएपछि पहिलो कामका रुपमा सफा शहर रहेको थियो। सोही कार्यको सार्थकताका लागि चीनले कामपालाई उक्त फोहर सफा गर्ने उपकरण दिने तयारी गरेको हो। उक्त उपकरण आगामाी दुई महिनामा काठमाडौँ आइपुग्ने पनि कामपाले जनाएको छ।

अन्य पाँच बु्रमर पनि ल्याउनका लागि खरिदको तयारी भइरहेको कामपाले सो अवसरमा जानकारी दिइयो।

२०७५ साउन १४ गते १३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर