सृष्टि रोएपछि केकी र रिमालाई सम्हाल्नै मुस्किल (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १५:१६

नेपाली चलचित्र रोमियो एण्ड मुना शुक्रबारदेखि हलहरूमा लागिरहेको छ। यस चलचित्रमा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। प्रदर्शनको दिन देखि नै चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ।

चलचित्र रोमियो एण्ड मुनाले राखेको विशेष शो हेर्नको लागि अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, निर्देशक विशाल भण्डारी र गायक आर्जन पाण्डे हलमा पुगेका थिए। केही समय यता केकी र आर्जनको प्रेमसम्बन्धको बारेमा संचारमाध्यममा खबरहरू आइरहेका छन् तर यी दुवैले आफूहरू राम्रो साथी मात्र भएको बताउँदै आएका छन्।

केकी र रिमाले चलचित्र रोमियो एण्ड मुना धेरै राम्रो लागेको र फरक प्रेमकथा रहेको बताएका छन्। निर्देशक विशाल भण्डारीले चलचित्रको कथासँगै चलचित्रमा प्रयोग गरिएको साङ्केतिक कुराहरू, प्रविधि लगायतले आफू चलचित्र भित्र हराएको बताएका छन्।

साथै धेरै लामो समयपछि नेपालमा यति राम्रो प्रेमकथा सहितको चलचित्र बनेको छ यसमा मुख्य कलाकार विनय र सृष्टिले निकै राम्रो अभिनय गरेको बताए । र, सम्पूर्ण दर्शकलाई हल पुगेर यस चलचित्र हेर्न अनुरोध समेत गरे । यी कुराहरू गर्दैगर्दा चलचित्रकी नायिका सृष्टिले आफूलाई थाम्न सकिनन् र निकै भावुक बनिन् जसले गर्दा केकी र रीमालाई पनि सम्हालिन गाह्रो भएको थियो ।

२०७५ साउन १४ गते १५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर