काँग्रेसको आज देशभर सरकारविरुद्ध प्रदर्शन
आजको खबर | प्रकाशित : २०७५ साउन १५ गते ८:११

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो ।
कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।
डा।गोविन्द केसी, गंगामाया अधिकारीलगायतका केही माग भने पुरा भएका छन् ।
काठमाडौंमा जुलुससहित प्रदर्शन गर्ने तयारी छ । हरेक जिल्लामा फरक–फरक कार्यतालिका रहेको छ । काठमाडौं जिल्लाको हकमा दिउँसो २ः३० बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शन हुनेछ ।
शान्तिबाटीकाबाट सुरु भई जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुनेछ ।
२०७५ साउन १५ गते ८:११ मा प्रकाशित