शिक्षिकाले नै विद्यार्थीका अगाडि कपडा खोलेर डान्स गर्ने तथा अश्लील भिडियो देखाउने गरेपछि

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १२:०१

एजेन्सी । शिक्षकले विद्यार्थीलाई सदाचारको पाठ पढाउने अपेक्षा गरिन्छ । मातापितापछि शिक्षकले विद्यार्थीलाई सही बाटो देखाउँछन् भन्ने विश्वव्यापी मान्यता छ । तर, उक शिक्षिकाले अश्लीलताको सबै हद पार गरेकी छिन् । यी शिक्षिका भारतको गुजरातकी हुन् । पोरबंदरको एक स्कुलमा पढाउने यी शिक्षिकाले विद्यार्थीको अगाडि आफ्नो कपडा खोलेर डान्स गर्थिन् ।

यतिमात्र होइन ती शिक्षिकाले छात्राहरुलाई अश्लील भिडियो देखाउँथिन् र आपत्तिजनक कुरा गर्थिन् । यो कुराको खुलासा भएपछि अभिभावकले ठूलो हंगामा गरेका छन् । घटना पोरबंदर शारदा विद्या मन्दिर स्कुलको हो । यहाँका छात्रका अभिभावकका अनुसार ती शिक्षिकाले सानो उमेरका छात्रहरुलाई एउटा कोठामा बन्द गर्थिन् र आफ्नो कपडा खोलेर डान्स गर्थिन् । उनले ती छात्रहरुसँग अश्लील क्रियाकलाप गर्थिन् । पछि ती विद्यार्थीलाई कसैलाई केही नभन्ने धम्की दिन्थिन् ।

शिक्षिकाको यस्तो हर्कतले सबै विद्यार्थीहरु डराएका थिए । घटनाको खुलासा तब भयो जब एक छात्रले हैरान भएर शिक्षिकाको क्रियाकलापबारे आफ्ना अभिभावकलाई बताए । छात्रबाट घटनाबारे जानकारी पाएपछि अभिभावक स्कुल गए । उनीहरुले यसबारेमा शिक्षा विभागलाई पनि सूचित गरे । विभागका अधिकारी पनि स्कुल पुगे ।

जब अधिकारीले विद्यार्थीसँग शिक्षिकाको बारेमा सोधे त्यसपछि विद्यार्थीले सबै कुरा बताइदिए । विद्यार्थीको कुरा सुन्दा अभिभावक र अधिकारी चकित परे । तत्कालै प्रहरीलाई बोलाइयो । प्रहरीले आरोपी महिलालाई गिरफ्तार गरेको छ । पुलिसले ती महिलाको मोवाइल जफत गरेको छ । मोवाइलको जाँच भइरहेको छ । मोवाइलमा थुप्रै अश्लील भिडियो भेटिएका छन् ।

२०७५ साउन १५ गते १२:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर