काठमाडौँमा काँग्रेसको विरोध प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १२:५८

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारविरुद्ध प्रर्दशन गरेको छ।

सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा उत्रेको नेपाली काँग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारको चर्को आलोचना गर्दै प्रर्दशन गरेको हो। काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको -यालीसहितको विरोध प्रर्दशन असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा आएर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै काँग्रेस नेताहरुले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुदै सत्ताछोडन सरकार बाध्य हुने चेतावनी दिएका छन्। काँग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादी सोच नत्यागे कानुन मन्त्री शेरबहादुर तामाङले झै रुँदै सत्ताछोडन जनताले बाध्य बनाउने चेतावनी दिए। उनले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको सरकारले मुलुकमा अस्थिरता निम्त्याएको, समृद्धिका बाहक शक्ति आफ्नो पार्टीलाई निषेध र नियन्त्रण गर्न खाजेको भन्दै आक्रोश व्यक्त गरे।

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारलाई निषेध र नियन्त्रणको राजनीति नगर्न चेतावनी दिए। उनले ५ वर्षका लागि म्यान्डेट पाएको सरकारले ५ महिना नपुग्दै जनतालाई दिक्क बनाएको दावी गर्दै जनताका अगाडि सरकारको सर्वसत्तावाद नटिक्ने तर्क गरे।

विरोध प्रर्दशनमा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीलगायतका वक्ताहरुले पनि सरकारले एकपछि अर्को जनविरोधी कदम चालेको भन्दै आक्रोश व्यक्त गरेका थिए। नेपाली काँग्रेसले महंगी बढाउने लगायतका जनविरोधी काम गरेको भन्दै सरकारविरुद्धको प्रर्दशनलाई चर्काउँदै लगेको छ।

२०७५ साउन १५ गते १२:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर