काखमा गोरो बच्चा राखेर भीख मागिरहेकी थिइन् काली महिला, छानविनपछि खुल्यो यस्तो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १४:०९

एजेन्सी। बच्चा चोरी गरेको आशंकामा धेरैले ज्यान गुमाएका छन्। परिस्थिति कतिसम्म बिग्रिएको छ भने आफ्नो बच्चा आफैंसँग भएपनि बच्चा चोरीको आशंकामा महिलामाथि निर्घात कुटपिट गर्छन्। यसलाई अझै सामाजिक संजालले मलजल गरेको छ। किनभने सामाजिक संजालबाटै बच्चा चोरी भएको अफवाह फैलाउने काम भइरहेको छ। जसको नजिता निकै भयानक भएका घटना छन्। यस्तै एउटा घटनामा एक भिक माग्ने महिलाको झण्डै ज्यान गएको थियो। यदि प्रहरी समयमै नपुगेको भए महिलाको ज्यान जाने संभावना थियो।

दुई हप्ता अगाडि राजस्थानको जोधपुरको शनिश्चर थाना बाहिर एक महिला भीख मागिरहेकी थिइन्। महिला कालो वर्णकी थिइन्। तर उनको काखमा भएको बच्चा भने किनै गोरो थियो। त्यही बाटो कतै जाँदै गरेका एक व्यक्तिलाई ती महिलाले बच्चा कतैबाट चोरेर ल्याएको हुन सक्नै भन्दै शंका गरे। बच्चाले डाइपर पनि लगाएका थिए। ती व्यक्तिले भीख माग्ने महिलाले बच्चालाई कसरी डाइपर लगाइन सक्छिन् भन्दै झन शंका गरे। ती व्यक्तिले बच्चासहित महिलाको फोटो खिचेर सामाजिक संजालमा ट्विटरमा शेयर गरे।

एक अमेरिकी महिलाले ट्विट गरेको भीख माग्ने महिलाको फोटोले किनै तहल्का मच्चायो। केही मानिसले महिला र बच्चाको फोटोसहित प्रहरीलाई खबर गरे। प्रहरीले पनि उक्त घटनालाई गम्भीरता पूर्वक लियो र ती महिलाको खोजी सुरु गर्यो। प्रहरीले ती भीख माग्ने महिला प्रहरी चौकी नजिकै भील बस्तीमा बस्ने थाहा लाग्यो। प्रहरी सोधपुछबाट के थाहा लाग्यो भने महिलाको काखमा भएको बच्चा उनको छिमेकीको थियो। जसले आफू काममा जानु परेका कारण ती महिलालाई बच्चा हेर्न दिएकी रहिछन्।

सो घटनाको छानविन गरिरहेका डीसीपी अमनदीप सिंह कपुरले महिलाको जवाफले चित्त नबुझेपछि बच्चाको आमाको खोजीमा प्रहरी जुटेको र बच्चाकी आमासमेत फेला परेको बताए। तीनै आमासँग ती बच्चा पनि थिए। त्यतिगर्दासमेत प्रहरीको चित्त नबुझेपछि प्रहरीले अस्पतालको रेकर्ड चेक गर्यो जहाँ ती बच्चाको जन्म भएको थियो। यसरी प्रहरीको सबै शंका हट्यो। आखिर ती बच्चा भीख माग्ने महिलाकी छिमेकी कै रहेछन्।

२०७५ साउन १५ गते १४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर