लियोनल मेस्सीसहित बार्साका मुख्य खेलाडी प्रशिक्षणमा फर्किए

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १४:५८

एजेन्सी । स्टार लियोनल मेस्सीसहित फुटबल क्लव बार्सिलोनाका अन्य मुख्य खेलाडीहरु प्रशिक्षणमा फर्किएका छन् ।

विश्वकप सम्पन्न भइसकेपछि प्रि–सिजनका मैत्रीपूर्ण तथा अभ्यास खेलहरु जारी रहँदा मुख्य खेलाडीहरु प्रशिक्षणमा फर्किएका हुन् ।

लियोनल मेस्सी, जेरार्ड पिके, सर्जियो बुस्केट्स तथा जोर्डि अल्वा प्रशिक्षणमा फर्किएका हुन् । उनीहरुले मंगलबार स्वास्थ्य परिक्षण समेत गराएका छन् । सबै चार खेलाडीको विश्वकप यात्रा यसपटक निकै तितो बन्यो ।

विश्वकपपछि भने उनीहरुले आफ्ना परिवारसँग रमाइलो पल विताएका थिए । यी मुख्य खेलाडीहरु अगष्ट १२ तारिखमा स्पेनिस सुपर कपमा मैदानमा उत्रने छन् ।

२०७५ साउन १५ गते १४:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर