राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते १२:०७

भद्रपुर । राष्ट्रिय वाणिज्य बैँक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ।

ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैँकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो ।

बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताए।

यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताए।

२०७५ साउन १६ गते १२:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर