जोशीको शोकमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते १२:१३

काठमाडौँ। नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६-१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ।

बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहेएका जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो।

उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए। रासस

२०७५ साउन १६ गते १२:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर