‘सरापे’ले नायिकालाई ‘तँ नखरमाउली’ भन्दै यसरी सरापे (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १२:३१

काठमाडौँ। यही श्रावण १८ गते शुक्रबारको दिन अल नेपाल रिलिज हुने चलचित्र ‘झमक बाहादुर’का कलाकारहरू अन्तर्वार्तामा व्यस्त छन्। सबैले भनेर कुरिरहेको फिल्म मध्यमा एक पर्छ ‘झमक बहादुर’। रिलिज हुने मिति नजिकिनुको कारण पनि अहिले ‘झमक बहादुर’ को टिम फिल्मको प्रमोसनमा व्यस्त छन्।
फिल्ममा अनुप बिक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।
फिल्ममा भोमन कटुवालको निर्देशन, कल्याण अधिकारीको कथा र पवन गौतमको छायाङ्कन रहेका छ । फिल्मलाई मीन कुमार तामाङले निर्माण गरेका हुन्, भने अनिल कुमार महर्जनको सम्पादन रहेको छ । फिल्ममा जीवन थापा, राजन, सलिना लगायतको कोरियोग्राफी रहेका छन् । फिल्म दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।