विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन काठमाडौँमा हुने

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते १२:४६

काठमाडौँ । विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन आगामी भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा हुने सो सम्मेलनले नेपाली हस्तकलालाई विश्वमाझ चिनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

नेपाल हस्तकला महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले नेपाली हस्तकलालाई विदेशी मुलुकमा चिनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रत्येक चार वर्षमा हुन लागेको सो सम्मेलन नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो। तीन दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी तथा विदेशी हस्तकला प्रर्वद्धनबारे बैठक, छलफल, गोष्ठी र स्वदेशी तथा विदेशी हस्तकलाको प्रदर्शन हुने महानिर्देशक रेग्मीले जानकारी दिए।

विश्व कला परिषद्मा १२९ देशको सहभागिता भए पनि एशिया प्रशान्त क्षेत्रको सम्मेलन भएका कारण ५० भन्दाबढी मुलुकको सहभागी रहने महासंघले जनाएको छ। विश्व कला परिषद्मा नेपाल सन् १९९० देखि सदस्य राष्ट्रका रुपमा रहँदै आएको छ।

सन् १९९० अगाडि सरकारीस्तरबाटै सदस्य राष्ट्रका रुपमा सहभागिता जनाउँदै आए तापनि १९९० पछि भने निजी क्षेत्रका रुपमा रहेको महासंघले विश्व कला परिषद्मा सहभागिता जनाउँदै आएको छ।

२०७५ साउन १६ गते १२:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर