कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते १४:३०

सिओल, योन्हाप। घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ।

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८१४ अर्ब डलर (९१३ खर्ब वन) मा झरेको छ। यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट (५८ खर्ब वन) हो।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६.७ प्रतिशतले घटेको छ। तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २.२ प्रतिशतको झिनो वृद्धि देखिएको छ। एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन्। कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो।

प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो

दक्षिण कोरियामा पछिल्लो समयको प्रचण्ड गर्मीका कारण कृषि उपजको मूल्यमा भारी वृद्धि भएको सरकारी अधिकारीहरुले बताएका छन्। गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६।५ प्रतिशतले वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ।

बन्दा र मूलाजस्ता तरकारीको मूल्य आकासिएको छ, र औसतमा यस्तो मूल्यमा ५० प्रतिशतभन्दा बढी भएको छ।

कोरियाली मौसम विज्ञान विभागका अनुसार, बुधबार दिउँसोको तापक्रम ४०।३ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ र यो सन् १९०७ यताकै सबैभन्दा उच्च हो।

२०७५ साउन १६ गते १४:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर