सामाखुशीस्थित परिवार स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १५:३३

काठमाडौँ । अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला नपरेपछि सामाखुशीस्थित परिवार स्वास्थ्य सेवा केन्द्रमा आज सिलबन्दी गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु नपाइएकाले हाललाई सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो। सिलबन्दी गरिएको उक्त स्वास्थ्य केन्द्रलाई सात दिनभित्र सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र लिएर आउन पनि निर्देशन दिएको छ।
त्यसैगरी सामाखुशीमा नै रहेको सिजन्स मेडिकल सेन्टर प्रालिलाई पनि वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणसम्बन्धी सेवा सञ्चालन स्वीकृति नलिई सञ्चालन गरेकाले तीन दिनभित्र श्रम मन्त्रालयबाट स्वीकृति लिई विभागमा आउन निर्देशन दिएको छ।
अनुगमन अधिकृत दीपकराज पोखरेल संयोजकत्वमा भएको अनुगमनका क्रममा जे।एस। खाद्य स्टोर र न्यू वीके स्टोर, सीतापाइला, मञ्जुश्री स्टोर बाफल, न्यू विनिता इ प्रा, बाफलबाट म्याद नाघेका करीब रु तीन हजारको अखाद्य सामग्री नष्ट गरी नियमअनुरुप सञ्चालन गर्न निर्देशन दिएको छ।
स्टार हार्डवेयर सेन्टर, आरसी सप्लायर्स, मिजाल हार्डवेयर, स्टार निर्माण सामग्री ललितपुवर र कोटेश्वरमा रहेको पञ्चकन्या हार्डवेयरलाई नापतौल प्रमाणीकरणको कागजात राख्न सिमेन्टको मूल्यसूची बनाएर राख्न तथा नापतौल प्रमाणीकरणको कागजात राख्न निर्देशन दिइएको छ।
Greetings I am so glad I found your blog, I really found you by mistake,
while I was researching on Digg for something else, Anyhow I am here
now and would just like to say kudos for a marvelous post and a all round
entertaining blog (I also love the theme/design), I don’t
have time to browse it all at the minute but I have saved it
and also added your RSS feeds, so when I have time I
will be back to read a lot more, Please do keep up the awesome b.
my web blog … 메이저놀이터