सत्तापक्ष र प्रतिपक्षको अडानले सुनुवाइ समितिको बैठक सर्दै

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते ०:५१

काठमाडौं । संसदिय समितिको बुधबारको बैठकले प्रधानन्यायाधीशको नियुक्ति बारे कुनै निर्णय लिन सकेको छैन ।

न्यायपरिषद्बाट सिफारिस भएका प्रधानन्यायाधीशका एक्ला उम्मेदवार दीपकराज जोशी बारेको निर्णय संसदीय सुनुवाइ समितिमा पुगेर अड्किएको हो । स्रोतका अनुसार आजको सुनुवाइ समितिको बैठक पनि सर्ने निश्चित भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

फर्जी शैक्षिक प्रमाणपत्र र विभिन्न फैसलाहरुबारे असन्तुष्टि जनाउँदै सत्तारूढ दल नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा अडान कसिरहेको छ भने प्रतिपक्ष दल कांग्रेस जोशीलाई प्रधानन्यायाधीश बनाउने पक्षमा अडान कायमै राख्दा आजको संसदीय सुनुवाइ समिति पनि निर्णयमा पुग्न सकिरहेको छैन ।

जोशीबारे गत सोमबार नै सुनुवाइ भए पनि प्रधानन्यायाधीशमा नियुक्ति गर्ने वा नगर्ने भन्ने विषय थप पेचिलो बन्दै गएपछि अन्तिम निर्णय हुन नसकेको हो ।

त्यस्तै, बुधबार विहान प्रधानमन्त्री केपी ओलीलाई भेट्नका लागि सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश जोशी बालुवाटार पुगेका थिए । भेटमा ओलीले जोशीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको स्रोतको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल बार एसोशिएसनमा रहेका कांग्रेस निकटस्थ पदाधीकारीबीच भेटवार्ता भएको थियो ।

बारका अध्यक्ष शेरबहादुर केसीलगायतका पदाधिकारीले जोशीलाई प्रधानन्यायाधीश बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

२०७५ साउन १७ गते ०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर