कम्युनिष्ट बिचको एकता अब तिव्र रुपमा अघि बढ्ने अध्यक्ष दाहालको ठोकुवा
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १२:२३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताएका छन् ।
तुल्सीलाल अमात्य स्मृति दिवसका अबसरमा तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाललले अब कम्युनिष्ट बिचको एकता तिव्र रुपमा अघि बढ्ने ठोकुवा गरे ।
अध्यक्ष दाहालले देशकै ठूलो कम्युनिस्ट एकतालाई असफल बनाउने खेल बढ्दै आएको समेत बताए । अध्यक्ष दाहालले भदौ ५ गते भित्र सबै तहको एकता हुने जानकारी दिदै एकतापछि सबै केन्द्रीय तहका नेता स्थानीय तहसम्म पुगेर पार्टीको नीति तथा कार्यक्रम पुर्याउने जानकारी दिए ।
संघीयता अनुरुप निर्वाचन भएर तीन तहमा सरकार बनिसकेको अवस्थामा केही कमजोरी भए त्यसलाई सुधार गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
२०७५ साउन १७ गते १२:२३ मा प्रकाशित