बयानब्बे स्थानीय तहको नाम र केन्द्र परिवर्तन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १३:२३

काठमाडौँ । बयानब्बे स्थानीय तहले साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो।

अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले जानकारी गराए।

उनका अनुसार कानूनबमोजिम नाम र केन्द्र परिवर्तन गर्न आएका स्थानीय तहका निवेदनलाई परिवर्तन गर्न सिफारिश गर्ने र कानूनबमोजिम नआएकालाई फर्काइ दिने गरेको बताए।

उनका अनुसार गाउँ वा नगरसभाले साविक नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारको सिफारिशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिने गर्दछन् र सो निवेदन आवश्यक हेरी सामान्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नाम र केन्द्र परिवर्तन गर्नका लागि सिफारिश गर्दछ।

ऐनको दफा ४ को नगरपालिका र गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था रहेको छ। जससम्बन्धी नगरपालिका वा गाउँपालिकाको सभाको नाम र केन्द्र परिवर्तन गर्न दुई तिहाइ बहुमतले गर्नुपर्ने, निर्वाचन भएको छ महिनाभित्र सभाको सामान्य बहुमत निर्णय गरेपछि नाम र केन्द्र परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ।

यसैगरी मन्त्रालयले पोखरा-लेखनाथ महानगरपालिकाको नगरसभाले पोखरा मात्र नाम राख्ने गरी पठाएको सिफारिशलाई मन्त्रिपरिषद्मा पठाएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त महानगरपालिकाको नाम पोखरा रहनेछ।

२०७५ साउन १७ गते १३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर