जिग्री-पाँडेले खोले यस्तो रेष्टुरेन्ट, के ‘भद्रगोल’ बन्द भएकै हो त ?
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १३:५३

काठमाडौँ । चर्चित नेपाली टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ।
यस कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शङ्कर आचार्य लगायतका रहेका छन्। तर यो चर्चित कार्यक्रम केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन्।
कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले यो कार्यक्रम बन्द भएको हो। ‘भद्रगोल’ मात्रै हैन अहिले नेपाल टेलिभिजनबाट प्रसारित हुने अरु कार्यक्रम पनि रोकिएका छन्।
हेर्नुस् ‘भद्रगोल’का कलाकारसँगको कुराकानी
२०७५ साउन १७ गते १३:५३ मा प्रकाशित