यस्तो बन्यो अशोक दर्जीको दोश्रो गीत, अशोककै साथी ‘भूइकटहर’ बने मोडल
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १४:०१

युट्युबमा भाइरल भएका भाइरल ब्वाइ अशोक दर्जीको बारेमा यस भिडियोमा आज कुरा गर्नेछौँ । बालगायक अशोक दर्जी जो यतिबेला काठमाडौँमा बसेर पढिरहेका छन् र उनलाई गीतकार टंक बुढाथोकीले नै पढाउने भएका छन् । र, यतिबेला उनी काठमाडौँ नै बसेर आफ्नो साँगीतिक करियरलाई पनि अगाडि बढाइरहेका छन् भने पढाईलाई पनि अगाडि बढाइरहेका छन् ।
यही मेसोमा मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने एउटा गीत सार्वजनिक भएको थियो अशोक दर्जी र टंक बुढाथोकीको आवाजमा भने त्यो गीत अत्याधिक मात्रामा चर्चित बन्यो र युट्युबमा केही दिनमै १ करोड भन्दा बढी पटक हरिएकोे थियो । त्यसकारणले गर्दा पनि यतिबेला निकै चर्चामा छन् अशोक दर्जी।
मन बिनाको धन ठूलो कि धन बिनाको मन ठूलो गीत चर्चामा रहेपछि गायक अशोक दर्जीलाई लिएर थुप्रै खालका कन्ट्रोभर्सीहरु पनि भए, थुप्रै खालका चर्चाहरू भए कि उनलाई कसले पढाउने कसले राख्नेदेखि थुप्रै कुराहरू भए र अन्तिममा दर्जीलाई बुढाथोकीले नै पढाउने भएका छन्।
अशोक दर्जीलाई टंक बुढाथोकीले नै पढाउने भन्ने खबर सार्वजनिक भइरहेको बेला अब भने अशोक दर्जीको आवाजमा एउटा गीत सार्वजनिक भएको छ । त्यो गीतको विषयमा केही समयअगाडि विवाद पनि भएको थियो ।
अशोकको नयाँ गीतालाई जापानमा बस्दै आएका मञ्जुल मितेरीले लेखेका हुन् । अब त्यो गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ जसमा अशोकका आत्मीय मित्र भुइँकटहर र बहिनीले अभिनय गरिरहेका छन्।