‘पहिलो नम्बरमा’ हिट भएपछि दिपाश्रीले साटिन् खुसी, आफ्नो बिहेबारे गरिन यस्तो खुलासा
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १४:१५

नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को भने अहिले छायाङ्कन जारी रहेको छ।
यसैबीच चलचित्रको पहिलो गीत केही दिनअघि सार्वजनिक भएको छ। “पहिलो नम्बरमा” बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ।
यो गीत सार्वजनिक गरेको केही दिन मै रेकर्ड तोडेको छ । गीत रिलिज गरेको आजले ३ दिन भएको छ र हालसम्म यो गीतको भ्यु १५ लाख ४४ हजार २८६ पुगिसकेको छ । यो गीत अहिले बजारमा सर्वाधिक रुपमा रुचाइएको छ र गीत सुनेर दर्शकहरू अझ उत्साहित र प्रतीक्षारत छन् चलचित्र रिलिज हुने दिनका लागि ।
चलचित्र छक्कापञ्जा ३ को पहिलो गीत रिलिज भएसँगै सर्वाधिक हिट भएपछि यस चलचित्रका निर्देशक दिपाश्री निरौला मिडियामा आएकी छिन् हेर्नुहोस् उनले यस गीत र छाँयाङ्कनको क्रममा रहेको चलचित्र छक्कापञ्जा ३; को बारेमा के भनिन् साथै उनले यस कुराकानीमा आफ्नो बिहेको कुरा पनि खुलाएकी छिन् ।
हेर्नुस् भिडियो :