सांसद निरुदेवी पाललाई पेस्तोल तेर्साएकाे घटना: प्रहरीद्वारा ७५ जना नियन्त्रणमा

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ०:२३

काठमाडौं । प्रतिनिधि सभाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर धम्की दिएको घटनालाई अनुसन्धान गर्नको लागि प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । उनीहरूलाई अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। घटनाको अनुसन्धानका लागि एसएसपी पोखरेल आफैं खटिएका छन्।

सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा बानेश्वरमै आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको घटना सार्वजनिक भएको थियो । सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी गराउँदै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन्।

लगत्तै सरकारले घटनाको अनुसन्धान गर्नको लागि निर्देशन दिएको थियो। बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद पालमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीउपर कार्वाही गर्न सरकार सचेत रहेको बताएका छन् ।

२०७५ साउन १८ गते ०:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर