सुनुवाइ समितिको बैठक सुरू, प्रधानन्यायाधीशको टुंगो लाग्ला ?

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ६:०४

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन हुने वा नहुने विषयमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक सुरू भएको छ।

१० बजेका लागि बैठक बोलाइए पनि संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ ढिलो गरी कार्यालयमा उपस्थित भएपछि बैठक बस्न अबेर भएको हो।

सुनुवाइ सम्पन्न भएको एक साता बितिसक्दा पनि लगातार बैठक स्थतित हुँदै आएको छ। तर, आजको बैठकले जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने अनुमान गरिएको छ।सामान्यतया सुनुवाइ भएकै दिन अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने गरे पनि यसपटक भने बैठक स्थगित हुँदै आएको छ।

जोशीको नाममा नक्कली शैक्षिक प्रमाणपत्र रहेको, संसदिय सुनुवाइ समितिमा उठेका प्रश्नहरुका उचित जवाफ नदिएको र उनको इजलाशले गरेका फैसलाहरुका बारेमा प्रश्न उठेपछि सुनुवाइ समितिमा अनुमोदन गर्न नहुने तर्क उठिरहेको छ।

२०७५ साउन १८ गते ६:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर