पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चार दिनसम्म पनि खुलेन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ९:४१

नुवाकोट। पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ।

पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो। पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टी गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन्।

झोलुंगे पुलबाट वारपार गरेर सवारी साधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताए।

झण्डै सय मिटर सडक पहिरोले पुरिएको छ भने पहिरोमाथि खेतको पानी आएका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन समस्या भएको हो। पहिरो माथिबाट आएको पानीलाई बाँध बाँधी अन्यत्र तर्काएर पहिरो पन्छाउने काम गरिए पनि पहिरो खस्नेक्रम नरोकिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।

वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेंसी सडक खण्डको मनकामनामा पहिराका कारण ठूला सवारीसाधन रसुवा आउनजान समस्या भएको प्रहरीले जनाएको छ।

चार वटा स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए। रासस

२०७५ साउन १८ गते ९:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर