थामखर्क विमानस्थल कालोपत्र भएन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १०:२२

खोटाङ । गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो ।

म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीको ढिलासुस्तीका कारण विमानस्थल कालोपत्रको काम समयमै सम्पन्न हुन नसकेको हो । यस वर्ष छिटो वर्षा शुरु भएकाले असार मसान्तअघि कालोपत्र गर्न नसकिएको इन्जिनियर श्रेष्ठले बताए ।

गत असार मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी रु नौ करोड २५ लाख २९ हजार लागतमा विमानस्थल कालोपत्रको काम थालिएको हो । विसं २०७४ माघमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा विमानस्थल निर्माणको कार्यतालिका बनाइएको थियो ।

कार्यतालिका अनुसार ठेकेदारले गत जेठमा कंक्रिटको काम तथा असार मसान्तभित्रमा सबै काम सम्पन्न गरेर प्राधिकरणलाई जिम्मा लगाउने लिखित प्रतिबद्धता गरेका थिए । -रासस

२०७५ साउन १८ गते १०:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर