राजनिती संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ – प्रधानमन्त्री
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते ११:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित डिजिटल नेपाल कन्फरेन्सको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक रुपान्तरणको लागी विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको समेत बताए।
सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न नसकिने भइसकेको जनाउँदै मुलुकको उत्पादन र उत्पादकत्व बढाउन नागरिकको क्षमता वृद्धिका लागि सम्मेलनले उपयोगी निष्कर्ष निकाल्ने बताए।
सहस्राब्दी विकास लक्ष्यमार्फत समाजको सम्पूर्ण विकासका लागि नेपाल सरकार तत्पर रहेको भन्दै यसका लागि डिजिटल नेपालको अवधारणा कार्यान्वयन हुनु अपरिहार्य रहेको धारणा पनि राखे।
कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती किताबखाना र कर्मचारी सञ्चय कोषका प्रमुखबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।