सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमा–छोरा बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ११:१०

म्याग्दी । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए ।

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको हो । इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । –रासस

२०७५ साउन १८ गते ११:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर