अशोक दर्जीले भेटे प्रधानमन्त्री : ओलीको काखमा बसेर गाए गीत (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते १३:०२

काठमाडौं । पछिल्लो समय निकै भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आज शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले भेट गरेका हुन्।
प्रधानमन्त्री ओलीले भेटमा अशोकको निकै राम्रो प्रतिभा भन्दै प्रसंसा गरे। ओलीले आफूलाई संगीत निकै मनपर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई मायागर्ने गरेको बताए। भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ।
सो विषयमा ओली सकारात्मक भएको गायक टंक बुढाथोकीले जनाएका छन्।
केके भयो भिडियोमा हेर्नुहोस्
२०७५ साउन १८ गते १३:०२ मा प्रकाशित